२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

बेलयतमा निधन भएको विद्यार्थीलाई एनआरएन युकेको पहलमा १७ लाख सहयोग


Ang

२४ असार २०८०, आइतबार  

70
Shares

बेलायतमा पढन आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको परिवारका लागि १० हजार ५४५ पाउन्ड ३६ पेन्स सहयोग गरेको छ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको अन्त्येष्टी समारोहमा बाबु कृष्णबहादुर थोकर तामाङलाई रकम हस्तान्तरण गरेको जनाएको छ । स्वर्गीय सदीक्षाको जुलाई ७ शुक्रबार अल्डरसट पार्क क्रिमेटोरिएममा फ्यूनरल भएको जनाएको छ ।   

आफ्नो आर्थिक अवस्था दयनीय रहेको बताउंदै सदीक्षाका बाबुले सघाउन अनुरोध भए लगत्तै एनआरएनए यूके अध्यक्ष गाहामगरले चन्दा आव्हान गरेका थिए । सदीक्षाको मृत्यु भएको गत १० मेबाटै अभियान शुरु भएपछि स्वतस्फूर्त रुपमा १७८ जना व्यक्ति र १० वटा संस्थाले कुल १० हजार पाउन्ड, ५४५. ३६ (करिब १७ लाख रुपैयां) चन्दा प्रदान गरेका थिए । 

तामाङ समाज यूकेले १६०९ पाउन्ड, गोर्खा नेपलिज वेलफेयर सोसाइटी यूकेले ११६२ पाउन्ड, सगरमाथा गोर्खा/नेपाली कम्युनिटी आशफोर्ड, केन्ट ले ८०१.०० पाउन्ड,  ब्रिटिश गोर्खा एन्ड ब्रिटिश गोर्खा नेपलिज क्याट्रिक कम्युनिटी (सी एण्ड डी) ले ७३८. ९९, पाउन्ड, पश्चिम लन्डन जन सम्पर्क समिति बेलायतले ३५२ पाउन्ड, गोर्खा वारियर यूकेले ३१९ पाउन्ड, तनहुँ समाज यूकेले २५० पाउन्ड, क्षेत्री समाज यूकेले १०१, सिर्जनशील नेपाली समाज यूकेबाट २२० र किरात सुनुवार वेलफेयर सोसाइटी यूकेले १०० पाउन्ड प्रदान गरेका हुन् । 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : ४८ बजे