१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

आरजु राणालाई रकम बुझाएको भनिएको अडियोको जेलमा रहेका सन्देश शर्माको प्रमाणित



नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवालाई रकम बुझाएको भन्ने अडियो परीक्षण गर्दा थुनामा रहेका सन्देश शर्माको स्वरसँग मेल खाएको छ । शर्मा नक्कली भुटानी शरणाार्थी प्रकरण पुर्पक्षका लागि थुनामा छन् ।

शर्माले अडियोमा शर्माले तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड पत्नी सांसद मञ्जु खाँड र आरजुलाई पैसा बुझाएको भनेका थिए ।

उक्त अडियो बाहिर आएपछि आरजुले नक्कली अडियो भएको र यसबारे जाँच गर्न भन्दै प्रहरीमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको प्रहरीले जनाएको हो । प्रहरीले भुटानी शरणार्थी काण्डको छानबिनको प्रगतिबारे जानकारी गराउने क्रममा उक्त कुरा जानकारी गराएको हो ।

आरजुले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा ‘स्पिकर्स आइडेन्टिफिकेसन ट्रेइट्स म्याच’ भनी भनी उल्लेख भएको जुन स्वर (भ्वाइस ) जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको ‘कन्ट्रोल स्याम्पल’ सँग मेल खाएको प्रहरीको भनाई रहेको छ ।

आरजुले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको अडियो फेक भएको दाबी गर्दै छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी थिइन् । उनले साइबर ब्युरो भोटाहिटीमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रूपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेर निवेदन दिएकी थिइन् ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : ५५ बजे