१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

म्यानहटनको टाइम्स् स्क्वाएरमा सकेला उभौली नाच



यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ( युक्रा) न्युयोर्क च्याप्टरले हालै भब्यताका साथ किरात राईको महान चाड साकेला उभौली सम्पन्न गरेको छ ।

गत जुन १७, २०२३ शनिबार आयोजित उक्त कार्यक्रम अनुसार न्युयोर्क कुइन्सको एलम्हर्ट्सबाट र्‍याली निकालेर न्युयोर्कको प्रमुख शहर मेन्हाटनस्थित टाइम्स् स्क्वाएर्समा साकेला नाचियो ।
उक्त स्थान न्युयोर्क शहरको सबै भन्दा धेरै पर्यटक घुम्न आउने क्षेत्र हो । न्युयोर्क घुम्न आउने पर्यटक टाइम्स स्क्वाएर्समा नजाने बिरलै हुन्छन् । यस क्षेत्रमा कुनै पनि कार्यक्रम गर्नुका लागि बिशेष अनुमति लिनु पर्दछ । युक्रा न्युयोर्क च्यप्टरले यस स्थानमा किरातीको साकेला नाचेको ईतिहासमा पहिलो पटक हो ।

टाइम्स् स्क्वाएर्सको साकेला उभौली सिली कार्यक्रममा सिटीको तर्फबाट अधिवक्ता द्वय जुमाने विलियम्स र काशिफ हुसेनलाई बिशेष अतिथिको रुपमा निमन्त्रणा गरिएको थियो भने सिटीको तर्फबाट उत्कृष्ट आठजना कलाकारलाई प्रमाणपत्र दिइएको थियो । प्रमाणपत्र काशिफ हुसेनले बितरण गरेका थिए ।

टाइम्स् स्क्वाएर्समा सकेला उभौली कार्यक्रम समाप्त भएपछि उक्त र्‍याली भब्य साकेला मनाउनका लागि कुइन्स्स्थित कुइन्स् ब्रिज पार्कमा जम्मा भएका थिए । उक्त साकेला कार्यक्रममा युक्रा न्युयोर्क च्याप्टरका अध्यक्ष ममता खालिङ राई सभाध्यक्ष, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोगका स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राई प्रमूख अतिथि थिए।

न्युयोर्कका लागि नेपाल सरकारका कार्यबाहक महावाणिज्यदूत बिष्णु गौतम, युक्राका केन्द्रिय अध्यक्ष जय कुमार थुलुङ राई, जनजाति महासंघ अमेरिकाका केन्द्रिय महासचिब टोमा लामा, एनआरएन न्युयोर्क च्याप्टरका सभापति आङ छिरिङ् शेर्पा, हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा, कालेज पोइन्ट सिविक तथा ट्याक्स्पेयर अशोशिएसन्का अध्यक्ष, न्युयोर्कका मेयर एरिक एडम्स्का सल्लहकार तथा हामी नेपाली ग्लोबलका बरिष्ठ केन्द्रिय उपाध्यक्ष नवराज केसी, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शंकर पन्त, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङलगायत बिशेष अतिथि थिए ।

त्यसैगरी कार्यक्रममा किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष वाकास राई, नृत्य निर्देशक तथा युक्रा न्युयोर्क च्याप्टर सल्लाहकार गोविन्द राई, मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप राणा मगर, शेर्पा किदुकका अध्यक्ष पेम्बा शेर्पा, तमु सोसाइटी अफ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, तामाङ् सोसाइटी अफ अमेरिकाको प्रतिनिधि सेन्तु लामा (रक), किरात याक्थुम् चुम्लुङका दिपक थेबे, मकै हाउसका सञ्चालक पत्रकार बिकी पुलामी, हेल्लो अमेरिका टिमका पत्रकार सम्राट कार्की र सुमन थाम्सुहाङ, नेवा गूठीका अध्यक्ष बिजय महर्जन, मुगुम समाज अमेरिकाका अध्यक्ष वाङेल लामा, जनजाति महिला महासंघ अमेरिकाका अध्यक्ष इन्दिरा चोङ्बाङ, समाजसेवी तिलबहादुर कार्की, समाजसेवी याम लामा, नोक्छो पदम बहादुर राई, हामी नेपाली ग्लोबल अमेरिकाका सचिव सुर्य सिम्खडा, एभरेष्ट क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ शेर्पा, एनआरएन न्युयोर्क च्याप्टरका उपध्यक्ष शोभा कान्त पाण्डे अतिथि थिए।

युक्राको पाँच च्याप्टर मध्ये न्युयोर्क च्याप्टरले सबैभन्दा अन्तमा साकेला उभौली मनाएको हो । क्यालिफोर्निया च्यापटरले क्यालिफोर्निया र न्यु ईङ्गल्याण्ड च्याप्टरले बोस्टन मस्साचुसेट्समा जुन ३, शनिवार एकै दिन उभौली मनाएका थिए । डिएमभिपी च्याप्टरले ४ जुन २०२३ मा म्यारिल्यण्डमा मनायो भने युक्रा केन्द्रिय ग्राण्ड साकेला यस वर्ष मे ६, २०२३ शनिबारका दिन टेक्सस राज्यको युलेसस्थित भिलेजेस अफ वियर क्रिक पार्कमा मनाएको थियो ।

साथै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोगका स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राईले आफ्नो चार वर्षे कार्यकाल पुरा गरी मातृभूमि नेपालको लागि बिदाई गरियो । उनले भावुक मुद्रामा(युक्रा) न्युयोर्क च्यापटरलाई हार्दिक धन्यवाद ब्यक्त गरे ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ४ : ०७ बजे