यमुना नदीमा पानीको मात्र बढेपछि भारतको राजधानी नयाँ दिल्ली बाढीमा डुबेको छ । डुबानले जनजीवन प्रभावित भएको छ ।
दिल्ली सरकारले स्कुल, कलेज र विश्वविद्यालय आइतबारसम्मका लागि बन्द गरेको छ । अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु पनि बन्द गरिएको छ ।
अत्यावश्यक सेवाबाहेकका सरकारी र निजी कर्मचारीहरुलाई ‘घरबाटै काम’ गर्न भनिएको बैठकपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिएका छन् ।
यमुना नदीको जलस्तर बिहीबार २०८.६ मिटरभन्दा माथि पुगेको र यो हालसम्मकै उच्च जलस्तर रहेको बताइएको छ । भारतीय मिडियाहरुका अनुसार यसअघि सन् १९७८ मा यमुना नदीको जलस्तर २०७.४९ मिटर पुगेको रेकर्ड छ र त्यस बेला पनि दिल्ली डुबानमा परेको थियो ।