सरकारले पूर्व सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले अबरोध गरेपछि प्रहरी लगाएर फोहोर फालिएको छ ।
स्थानीयले आन्दोलन गरेपछि १ साउनदेखि फोहोर फ्याँक्न नदिने बताएसँगै काठमाडौंको फोहोर उठ्न सकेको थिएन ।
नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनबेंसी नगरपालिकाका स्थानीयले फोहोरका कारण दुर्गन्ध फैलिएको गुनासो गर्दै फोहोरमा अबरोध गरेका हुन् ।