२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

आधारिक विना नतिजा बाहिर सार्वजनिक भएकोमा निर्वाचन कमिटिको आपत्ति


Ang

८ श्रावण २०८०, सोमबार  

0
Shares

एनआरएन एनसिसि अमेरिकाको निर्वाचन सकिएको वितिकै नतिजा बाहिर सार्वजनिक भएको छ । निर्वाचन कमिटिले आधिकारिक रुपमा घोषणा नगरिकन सार्वजनिक भएको यो कार्यप्रति आपत्ति जनाएको छ । ‘ हामी निर्वाचन कमिटिको आधिकारिक सुचना विना आइसिसिका केही पदाधिकारीले नतिजा बाहिर सार्वजनिक गरेको कार्यप्रति हामी खेद प्रकट गर्दछौ’ निर्वाचन कमिटिको आयुक्त बासु फुलाराले आइतबार साझ आयोजित पत्रकार सम्मेलनमा भने-‘ कमिटिले आधिकारिक रुपमा घोषणा नगरिकना नतिजा बाहिर सार्वजनिक भइसकेर विवाद हुन थालेपछि आइसिसिको तीन जना अध्यक्ष मध्येको बद्री केसीले माफी गरेको छ’ ।

आयुक्त फुलाराका अनुसार कमिटिमा आएको डाटा तत्कालै डाउनलोट गरेर नतिजा सार्वजनिक गर्न अगावै आइसिसिमा डाटा पुर्‍याएकै कारण बाहिर गएको हो । बाहिर सार्वजनिक भएको तथ्याङ र हाम्रो आधिकारिक तथ्याङको बारेमा सही छानवीन गछौ उनले बताए । कानुनी राज्यमा बसेर निस्पक्ष निर्वाचन गराउन खोज्दा पनि गैरकानुनी कार्य गर्नेहरुलाई हामी कानुनी दायरामा ल्याउन सकिन्छ । त्यसो त सस्थाको विधान अनुरुप जनताको भावना विपरित कार्य गरेको ठहर गरेमा निर्वाचन बदर पनि गर्न सकिन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : ०२ बजे