२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

१० लाख मेट्रिकटन धान र १ लाख मेट्रिकटन चामल खरिद गरिने



भारतले चामल निर्यातमा बन्देज लगाएपछि संभावित चामलको अभाव कम गर्न सरकारले १० लाख मेट्रिकटन धान र १ लाख मेट्रिकटन चामल खरिद गर्ने तयारी सुरु गरेको छ ।

भारत विश्वकै चामल निर्यात गर्ने प्रमुख देश हो । तर यसवर्ष उचित बर्षा नभएकोले चामलको उत्पादन घट्ने भन्दै भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ ।

यसको असर नेपालमा पर्न थालि सकेको छ । भारतले चामल निर्यातको प्रतिबन्ध घोषणा गरेसँगै नेपालमा चामलमा मूल्य वृद्धि भएको छ । मूल्य वृद्धि नियन्त्रणका लागि सरकारले धान चामल खरिद गर्ने निर्णय गरेको हो ।

उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयले खाद्य ब्यापार कम्पनी मार्फत खरिद गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । यसले मूल्य नियन्त्रण गर्ने र अभाव हुन नदिने मन्त्रालयको दाबी छ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : १६ बजे