न्युयोर्क । गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको कार्यालय उडसाईड न्युयोर्कमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा नेपालका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले भ्रमण गरेका छन् । हालै भएको भ्रमणमा मन्त्री गुरुङलाई फाउण्डेशन अध्यक्ष सोमनाथ घिमिरेलेस्वागत गर्दै अन्टोल्ड स्टोरिज् एण्ड हिडेन ट्रुथ नाम पुस्तक उपहार दिंदै सम्मान गरेका थिए ।
सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्य समिति सदस्यहरू सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री उपस्थित थिए भने एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र जि.सी., एनआरएनए अमेरिका न्युयोर्कका नवनिर्वाचित अध्यक्ष हेमन्त मल्ल, समाजसेवी श्याम कार्की, बिरेन्द्र मानन्धर, अनिता परियार, प्रभात सापकोटालगायतको पनि उपस्थिति थियो ।
कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथि मन्त्री धनराज गुरुङले जिपी कोईराला फाउन्डेशन अमेरिकाको प्रशंसा गर्दै असल टीम र जुझारू नेतृत्वको कारणले अमेरिकामा समाज सेवामा अव्बल रहेकोप्रति गर्व लागेको उल्लेख गर्दै आगामी दिनहरूमा उच्च राजनीतिक एवं सामाजिक सफलताको शुभकामना ब्यक्त गरे ।
यसै फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले मन्त्री गुरुङले नेपालमा प्रजातन्त्रको लागि खेलेको भुमिकावारे स्मरण गराउॅंदै उनी एक प्रजातन्त्रको लडाकुको रूपमा आफुले नजिकबाट चिन्ने मौका पाएको बताइन् ।
फाउन्डेशनका कार्यसमिति सदस्य सुर्य सिंखडाले फाउन्डेशन सदैव प्रजातन्त्रिक र मानवीय कार्यको लागि लागि रहेकोमा जोड दिए । त्यस्तै अर्का कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले आपतविपत पर्ने जोसुकैलाई फाउन्डेशनको ढोका खुल्ला रहेको बताए ।
अन्त्यमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले सबैलाई कार्यालयमा स्वागत गरी छोटो मिठो अन्तर्क्रिया गर्न पाउँदा आफुलगायत फाउन्डेशन परिवारतर्फबाट खुशी ब्यक्त गरका थिए । उनले फाउन्डेशन स्थापनाकालदेखि नै निरन्तर समाज सेवामा लागिरहेको र निश्वार्थ भावनाकासाथ भविष्यमा पनि समाजको हकहितमा लागि पर्ने बताए । अध्यक्ष घिमिरेले मन्त्री गुरुङको नेपाल फिर्ती उडान सुखद र सुरक्षित होस् भन्ने कामना गरेका थिए ।