२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाइयो, जनमतलाई दिने तयारी



कही अघि सरकारबाट बाहिरिएको जनमत पार्टी फेरी सरकारमा समेल हुने भएपछि माओवादील संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

काठमाडौंमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको आइतबार बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाएर उक्त मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको हो ।

जनमत पार्टीले यसअघि नै मन्त्रीको नाम सिफारिस गरिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलगायतका कारणले शपथ हुन सकेको थिएन ।

माओवादी पदाधिकारीको बैठकले सरकारमा रहेर राम्रो काम गर्दागर्दै पनि यसअघिको सहमतिका कारण एक मन्त्रालय जनमतका लागि छोड्नुपरेको माओवादीले जनाएको छ । जनमतले अनिता देवीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।

मन्त्री मोदीले प्रधानमन्त्री दाहाल र पार्टीको निर्णय स्वीकार रहेको बैठकमा बताएको बताइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : ४५ बजे