२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ पक्राउ, सुनको तौल ६० केजी



साउन ३ गते बरामद भएको सुन तस्करीको आरोपमा प्रहरीले थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन पुरुष र एक महिला छन् ।

नेपाल प्रहरीका अनुसार ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ।

अदालतमा उनीहरुलाई ५ दिन हिरासतमा राख्न अनुमति मागिएको छ। यसअघि पक्राउ गरेका चिनियाँसहित १७ जनालाई पनि पाँच दिन थप समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

सुनको तौल ६० केजी बढी
सय किलो सुनको रुपमा चर्चित यो तस्करीमा बरामद भएको सुनको परिणाम एक क्वीन्टल भने भेटिएको छैन । राष्ट्र बै‌‌कको टक्सार महाशाखाले बरामद गरिएको ब्रेक सुखोलेर निकाले सुन मंगलबार गालेको थियो ।

गाले पछि सुनको तौल साढे ६० केजी भन्दा केही बढी भेटिएको छ । यद्यपी सुनको गुणस्तरको बारेमा चाही यकिन भइसकेको छैन । महाशाखाले केही दिनमा नै सुनको गुणास्तर पनि यकिन हुने जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : २० बजे