३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

अर्बपति विनोद चौधरीलाई एशियन अवार्ड



नेपालका एकमात्र डलर अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मानका लागि छनौट गरिएको छ ।

दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखका दिन एक समारोहबीच चौधरीलाई उक्त अवार्ड प्रदान गरिने बताइएको छ । उनलाई चौधरीले फाउन्डेसनमार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका कारण उक्त सम्मान दिन लागेको बताइएको छ ।

यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यान लगायत सम्मानित भइसकेका छन् । चौधरी नेपाली कांग्रेसका बहालवाला सांसद पनि हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ३१ बजे