काठमाडौंबाट पोखरा हुँदै बेनी, बागलुङ तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान करिब ११ बजे त्रिशूली नदीमा खसेको छ । बस खस्दा कम्तीमा ड जनाको मृत्यस भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मदनबहादुर कुँवरका अनुसार गम्भीर अवस्थाका १३ जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको र ४ जना घाइतेको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।
बसमा २५ देखि ३० जनासम्म सवार रहेको अनुमान गरिएको छ भने मृतकहरुको सनाखत भएको छैन ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट बस त्रिशूली नदीमा खसेको हो । बस नदीमा डुबेको थियो । कतिपयलाई बाढीले बगाएको पनि हुनसक्ने प्रहरीको अनुमान छ ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको समुहले उद्दार गरिरहेको छ ।









