१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

अभियन्ता अक्कल तामाङको सक्रियतामा ब्लड क्यान्सर पीडितलाई ११ लाखभन्दा बढी सहयोग



खर्च अभावका कारण बोनम्यारो ट्रान्सप्लान्ट गर्न नसकेका १० वर्षीय विरामी अंकित कुमार तामाङका लागि अमेरिकामा बसोबास गर्ने अभियन्ता अक्कल तामाङले ११ लाख रुपैयाँ भन्दा धेरै सहयोग जुटाएर पठाएका छन् ।

सिभिल अस्पतालमा उपचार गराइरहेका काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नम्बर ७ कुरुवास खैरिपाखाका अंकितलाई ब्लड क्यान्सर भएका तर खर्च अभावका कारण बोनम्यारो ट्रान्सप्लान गर्न नसकेको खबर पाएपछि अक्कलले सहयोगको लागि बिभिन्न व्यक्तिहरुलाई अपील गरेको र त्यसबाट उक्त रकम सहयोग उठेको बताएका छन् ।

अंकितको परिवारबाट खर्चको अभावमा उपचार हुन नसकेको जानकारी पाएपछि आफुले सुरुमा शेर्पा संघ अमेरिकका सस्थापक अध्यक्ष निमा शेर्पालाई सुनाएको र शेर्पाले सहयोग गर्ने बचन दिए पछि उत्साहित हुँदै साथीहरु सागर श्रेष्ठ र लुइसाङ वाइबा तामाङसंग कुरा गरेको उनले बताएका छन् ।

उनीहरुकै मार्ग निर्देश अनुसार तामाङ समाज अमेरिकको अध्यक्ष विनिता तामाङ र तामाङ सोसाइटी अफ अमेरिकका ट्रष्टी कोषाध्यक्ष सानु माया तामाङ, कोरियामा लामा गुरु धोन्डुप लामाको संयोजकमा टोली बनाएर अभियान सञ्चालन गरेपछि उक्त रकम जुटाएर सहयोग गर्न सकिएको बताइएको छ ।

अभियानमा विनिताको टिममा तामाङ समाज अमेरिकका सदस्यहरु, एनआरएनए अमेरिकका उपाध्यक्ष प्रेम लामा, पेन्सिलभेनिया च्याप्टरका अध्यक्ष जयन्द्र लामा, न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन्थ मल्ल, उपाध्यक्ष छिरिङ शेर्पा, महिला उपाध्यक्ष लक्ष्मी थापा, सचिव राजु तामाङ, कोषाध्यक्ष देवेन्द लामा, आरसी आङछिरिङ शेर्पा र पूर्व उपाध्यक्ष शोभाकान्त पान्डेले सहयोग गरकेा छन् । त्यस्तै नेवा गुठीका पूर्व अध्यक्ष निर्मल प्रधान, गुरुङ समाजकी अध्यक्ष मनिता गुरुङ, शेर्पा संघ अमेरिकका अध्यक्ष एपी शेर्पा, पूर्व अध्यक्ष आङ जङबु शेर्पा, सिन्धु वेलफेरका पूर्व अध्यक्ष नुर्बु शेर्पा, भिजन क्लब इन्टरनेशनलका अध्यक्ष मंगलदास श्रेष्ठ, तामाङ सोसाइटी अफ अमेरिकका पूर्व अध्यक्ष भरत मोक्तान, संस्थापक सदस्य सिर्जना तामाङ, जनजाति महासंघ अमेरिकका वरिष्ठ उपाध्यक्ष मिङमार शेर्पा, हामी नेपाली ग्लोबल न्यूयोर्कका अध्यक्ष ध्रुव कुँवर, एभरेष्ट टाइमका सम्पादक आङ छिरिङ शेर्पा, मकै हाउसका सम्पादक खडका बहादुर पुलामी साथै समाजसेवी रायन लामगाडेलगायत मनकारी ६५ जनाले ऐक्यवद्धता जनाइ सहयोग गर्दा ३ हजार २ सय ८ डलर (४ लाख २१ हजार ४ सय ७६ रुपौयाँ) संकलन भएको अक्कले बताएका छन् ।

त्यस्तै सानुमायाको टोलीमा तामाङ सोसाइटी अफ अमेरिकका सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु र साधारण सदस्यहरुले ऐक्यवद्धता जनाइ सहयोग गर्दा १हजार ९ सय ३७ डलर (२ लाख ५४ हजार ४८४ रुपैयाँ) संकलन भएको, धोन्डुप लामाको टोलीका कोरियन लामा गुरु एक्लैले दश लाख वन र अन्य मनकारी कोरियन तथा नेपाली समाजसेवीहरुले ऐक्यवद्धता जनाई सहयोग गर्दा ४४ लाख ७५ हजार ०००वन (४ लाख ४४ जार ९ सय १ रुपैयाँ) संकलन भएको थियो । अभियानलाई अष्ट्रेलियाबाट सुमिना लामाले ५० डलर (४ हजार ३२०रुपैयाँ) सहयोग पठाएकी थिइन् ।

यसरी जम्मा भएको सम्पूर्ण रकम अंकित कुमार तामाङको नाममा सिटिजन बैक बानेश्वरमा रहेको खातामा र बुबा अनिल कुमार तामाङको खातामा विभिन्न मितिमा कूल ११ लाख २५ हजार १ सय ८१ रुपैयाँ पठाइ सकेको अभियन्ता अक्कल तामाङले जनाचएका छन् ।

बिरामीको अप्रेशनको लागि रकम नपुग भएर छटपटी रहेको अंकितका परिवारलाई थोरै भए पनि आफ्नो अभियानले सहयोग जुटाउन सकेकोमा खुशी व्यक्त गर्दै अक्कले अभियानमा संयोजन गरि अहोरात्र खट्ने विनिता तामाङ, सानुमाया तामाङ र लामा गुरु धोन्डुप लामालाई विशेष धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ६ : १६ बजे