१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

चीनले नेपालको चुच्चे नक्सा नराखेको भन्दै मेयर बालेन शाहले गरे चीन भ्रमण रद्द



चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नदर्खाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आउँदो सोमबारबाट हुन लागेको आफ्नो चीन भ्रमणमा रद्द गरेका छन् ।

शाहले केहि अघि चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको नयाँ चुच्चे नक्सालाई हटाएर पहिलेकै बुच्चे नक्सालाई कायम गरेको उल्लेख गर्दै आफ्नो चीन भ्रमणमा नजान
सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतालाई चालेको गलत कदम मानेका छौं,’ शाहले टिप्पणी गरेका छन्, ‘त्यसैले आज मेरो चीनको निमन्त्रणमा हुन गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

शाहले नेपालले २०७७ जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको पनि फेसबुक पोष्टमा प्रष्ट पारेका छन् ।

चीनले भदौ ११ मा आफ्नो नयाँ नक्सा जारी गर्दा छिमेकमा नेपालको पुरानै नक्सा समेटेको हो । केपी ओली सरकारको पालामा जारी गरिएको नक्सामा समेटिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतीले आफ्नो दावी गर्दै आउको छ । त्यहाँ भारतीय सैनिक क्याम्पसहितका धेरै सरकारी अड्डाहरु पनि छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ५ : ०९ बजे