२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

सर्वोच्चको आदेशबाट कोशीमा पुन: हिक्कमत कार्की मुख्यमन्त्री



सर्वोच्च अदालतको परमादेशपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रबार पुन: कोशी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्तिको गरेको हो । आज शुक्रबार नै साँझसम्म शपथग्रहण गर्ने तयारी भएको हो ।

बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

काँग्रेसबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई दोस्रो पटक अदालतले पदमुक्त गर्दै कार्कीलाई मुख्यमन्त्री बनाउन बिहीबार परमादेश जारी गरेको हो ।

कार्कीले मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण गराउने तयारी गरेको छ ।

गत पुसमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पछि विश्वासको मत पाउन सकेका थिएनन् । त्यसपछि नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री भए पनि उनको नियुक्ति सर्वोच्च अदालतले दुई पटक बदर गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ३ : २३ बजे