२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

राष्ट्रपति बाइडेनविरूद्ध महाअभियोग सभामुखको निर्देशन



अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले मंगलबार राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका छन् ।

म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि औपचारिक महाअभियोग अनुसन्धान गर्न निर्देशन दिएको बताए ।

हाउस ओभरसाइट कमिटीको अनुसन्धानले बाइडेन परिवारले भ्रष्टाचार गरेको फेला परेको उनले बताए । रिपब्लिकनहरुले सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि बाइडेनका छोरा हन्टरको व्यापारिक कारोबारको अनुसन्धान गरिरहेका थिए ।

बाइडेनले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेकाले सभाले थप अनुसन्धान गर्न निर्देशन दिने उनले बताए । बाइडेन सन् २०२४ को राष्ट्रपति पदमा निर्वाचनका लागि दौडमा छन् । ८० वर्षीय राष्ट्रपतिमाथि महाअभियोग लगाउन सभामुखले भूमिका नखेले पदबाट हटाउने पार्टीका नेताहरुले धम्की दिएका छन् ।

ह्वाइट हाउस र डेमोक्रेटिक सांसदहरुले भने महाअभियोग राजनीतिक बदलाको रुपमा आएको बताएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ५ : ३७ बजे