१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

मोहनजंग थापामाथि अनुसन्धान थालेको रास्वपाले भनाई



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेका निकट मानिएका केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान थालेको बताएको छ । थापा अमेरिकामा बसोबार गर्छन् ।

रास्वपाले बर्खास्त गरेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले सभापतिसँग निकट रहेका थापाले आफुलाई मन्त्री बनाउँछु भनेर ३ करोड रुपैयाँ मागेको र त्यसैको जोहो गर्न मेडिकल व्यवसायी दु्र्गा प्रसाईसँग रकम मागेको अन्तर्वाताका क्रममा बताएका थिए । यसबारे पार्टीको अनुशासन आयोगले केन्द्रीय सदस्य थापासँग सोधपुछ र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको रास्वपा जनाएको छ ।

गत चैतमा रास्वपाका तत्कालीन सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो ।

त्यसबेला आफुले पैसा नमागेको जिकिर गरेका श्रेष्ठले हालै एक अन्तर्वातामा आफुसँग सभापति लामिछानेसँग नजिक रहेका केन्द्रिय सदस्य थापाले पार्टीलाई सहयोग गर्नु पर्छ भन्दै तीन करोड रुपैयाँ मागेको बताएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ५ : ४८ बजे