संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिएको छ । उनको अन्त्यष्टिमा सयौं सर्वसाधारण आर्यघाट पुगेका छन् ।
बिहीबार दिउँसो नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट पशुपति आर्यघाट लगि अन्त्येष्टि गरिएको हो । त्यस क्रममा आर्यघाटमा ठूलो संख्यामा सर्वसाधारण पनि पुगेका हुन् । नेम्वाङ पार्थिक शरिरलाई नेपाली सेनाको टोलीले सलामी दिएको थियो ।
घरमा भने लिम्बु परम्परा अनुसारको मृत्यु संस्कार गरिएको जनाएको छ ।
विभिन्न राजनीतिक दलका नेता, समाजका अन्य क्षेत्रका गन्यमान्यका साथै सर्वसाधारण पनि चर्को घामको परवाह नगरी नेम्वाङप्रति सम्मान व्यक्त गर्न पुगेका थिए ।
गत मंगलबार विहान हृदयघातका कारण निधन भएृका नेम्वाङको शव मंगलबार र बुधबार श्रद्धाञ्जलीका लागि नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो । बुधबार दिउँसो लिम्बू समुदायको साँस्कृतिक संस्कारका लागि नेम्वाङको शव उनकै घर बालुवाटारमा राखिएको थियो ।