२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

शेष घले पक्षीय एनआरएनएको विश्व सम्मेलन मार्च २ र ३ मा गर्दै



शेष घले पक्षका गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन आगामी मार्च २ र ३ मा हुने भएको छ । उक्त समुहको एनआरएनएका अध्यक्ष विनोद कुँवर रहेका छन् । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको १८ औं बैठकले महाधिवेशनको गर्ने निर्णय गरेको हो।

अर्का अध्यक्ष बद्री केसी समूहले एनआरएनएको एकता भंग गरेको भन्दै कुँवर पक्षीयको बैठकले ११ औं विश्व सम्मेलन गर्ने निर्णय गरेको हो । यसअघि एनआरएनको दुई समुहबीच एकता गर्ने भनेर समझदारीसमेत गरेको थियो ।

विश्व सम्मेलन सम्पन्न गर्न अध्यक्ष कुँवरको संयोजकत्वमा मूल तयारी समिति पनि गठन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भएको एकतासमबन्धी सहमति बद्री केसी समूहले उलंघन गर्दै एकलौटी राष्ट्रिय सम्मेलन गरेको आरोप कुँवर समूहले भनाई रहेको छ ।

महाधिवेशन आयोजक समितिका सल्लाहकारहरुमा निर्वतमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घले, निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन, निवर्तमान उपाध्यक्ष सोनाम लामा, पूर्व आइसीसी सदस्य जमुना गुरुङ, पूर्व संरक्षक दिल गुरुङ, सम्पूर्ण वर्तमान सल्लाहकारहरु र सम्पूर्ण मानार्थ परिषद सदस्यहरु छन् ।

त्यसैगरी सम्पूर्ण पदाधिकारीहरु, परिषद सदस्य र सबै एनसीसी अध्यक्ष समेत रहनेगरी मूल आयोजक समिति गठन गरिएको छ। समितिका सदस्य सचिवमा कार्यकारी निर्देशक राजेश शमशेर राणा रहेका छन् ।

विश्व सम्मेलनबाट संघको नयाँ नेतृत्व चयन गरिनेछ । त्यसको लागि ३ देखि ५ सदस्य रहने गरी एक निर्वाचन समितिको गठन गरिने भएको छ । समितिका प्रमुख र सदस्यहरुको नियुक्ति संघका अध्यक्ष र महासचिवले रहनेछन् ।

विश्व सम्मेलनको लागि आर्थिक ब्यबस्थापन र श्रोत बिकासका लागि उपाध्यक्ष भीमा लिम्बुको संयोकत्वमा समिति गठन गरिएको छ भने उपाध्यक्ष थर्क सेनको संयोजकत्वमा ब्यबस्थापन समिति गठन गरिएको छ ।

महासचिव जानकी गुरुङको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ। सो समितिले महाधिवेशन प्रतिनिधिहरुको समेत प्रमाणीकरण कार्य गर्नेछ ।

त्यस्तै, प्रवक्ता प्रकाश धमलाको संयोजकत्वमा घोषणापत्र २०२४ जारी गर्न प्रवक्ता प्रकाश धमलाको संयोजकत्वमा समिति गठन गरिएको छ भने प्रचार प्रसार तथा प्रकाशन समितिको नेतृत्व सचिव संजेललाई दिइएको छ ।

बिशेष साधारणसभा २०२३ ले पारित गरेका परिमार्जित दफा र नियमहरु समेत समेटेर बिधान संसोधनको लागि क्षेत्रिया संयोजक केशव कँडेलको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ ।

कार्यक्रम ब्यवस्थापन गर्न युथ एम्बासडर दिपेश खत्रीको संयोजकत्वमा कार्यक्रम ब्यवस्थापन समिति गठन गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ५ : २० बजे