नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलन गरेको छ । बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो ।
शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो ।
शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गरेका छन् । लगभग ४ हजार बढी शिक्षकहरू सहभागी भएको बताइएको छ । देशभरबाट लगभग १५ हजार बढी शिक्षकहरू आउने अनुमान गरिएको उनीहरुको रहेको छ ।