१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

२५ वर्षपछि एसियन गेम्समा व्यक्तिगत स्पर्धामा नेपाललाई रजत पदक



एसियन गेम्समा नेपालले २५ वर्षपछि व्यक्तिगत स्पर्धामा नेपालले रजत पदक जितेको छ। शनिबार भएको महिला ६८ केजी तौल समूहमा नेपालकी एरिका गुरुङले करातेतर्फबाट नेपाललाई रजत पदक दिलाएकी हु्न् ।

एरिकाले एसियाडको पहिलो सहभागितामा नै नेपाललाई रजत पदक दिलाउन सफल भइन् । शनिबार भएको सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८–४ ले पराजित गर्दै एरिका फाइनलमा प्रवेश थिइन् ।

यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलो रजत पदक दिलाएकी थिइन् । सन् २०१८ मा भएको जकार्ता एसियाडमा प्रदर्शनी खेलतर्फ प्याराग्लाइडिङले रजत पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो ।

एसियन गेम्समा पदकको उच्च सम्भावना भनिएको करातेले एसियाडमा जितेको पहिलो रजत पदक हो । करातेले एसियाडमा अहिलेसम्म यो रजत पदक सँगै तिन कास्य पदक जितेको छ ।

संयोग नै मान्नुपर्छ नेपाललाई २५ वर्षपछि रजत दिलाएकी एरिकाले करातेको कुमुतेतर्फपनि नेपाललाई त्यति नै वर्षपछि पदक दिलाएकी हुन् । करातेको कुमुतेतर्फ नेपाल सन् १९९८ पछि पदकविहीन थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ४ : २२ बजे