४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

विश्व शेर्पा संघको दोश्रो अधिबेसन काठमाडौमा सम्पन्न


Ang

२२ आश्विन २०८०, सोमबार  

198
Shares

विश्व शेर्पा संघको दोश्रो अधिबेसन काठमाडौमा सम्पन्न भयो । विश्व शेर्पा दिवसको अवसरमा आयोजित अधिबेसन प्रमुख अतिथि धर्म गुरु ठुल्सिक रिम्पोचेको अवतारी लामाबाट उदघाटन गरिएको थियो । कार्यक्रममा विश्वका विभिन्न मुलुकहरुमा बसोबास गदै आइरहेका शेर्पा समुदायको संघसस्थाहरुको प्रतिनिधिहरुको उपस्थित थिए । सन २०१७ अक्टुबर ८ तारिखको दिन काठमाडौमा विश्वका विभिन्न मुलुकमा बसोबास गदै आइरहेका शेर्पा संघसस्थाहरुको प्रतिनिधिहरु भेला भएको दिनलाई विश्व शेर्पा दिवसको रुपमा मनाउदै आइरहेका छन ।

धर्मगुरु खेन्पोहरुबाट मंगल पाठबाट शुरु भएको कार्यक्रममा अध्यक्ष आङदोर्जि शेर्पा लामाले स्वागत मन्तव्य, महासचिव पासाङ गेली शेर्पाले कार्यप्रगति विवरण र कोषाध्याक्ष मिङमा शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा भौतिक र भर्चुलको माध्यामबाट प्रतिनिधिहरु सहाभागी भएका थिए ।

कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, पुर्व मन्त्रि कृपासुर शेर्पा, आङछिरिङ लामा, पुर्व सभासद जिपछिरिङ लामाको साथै विभिन्न मुलुकका किदुगका अध्यक्षहरुले जुमबाट शुभकामना मन्तब्य दिएका थिए । उक्त अवसरमा संघले निर्माण गरेको शेर्पा वल्ड मोबाइल एप्सको सार्वजनिक गरेका थिए ।

अधिबेसनले अध्यक्षमा तेन्ढुप शेर्पा भारत, बरिष्ठ उपाध्याक्षमा निमा शेर्पा अमेरिका, उपाध्याक्षमा नाम्गेल पी शेर्पा भारत, उपाध्याक्षमा गेल्मु शेर्पा अमेरिका, महासचिवमा आङ जाङबु शेर्पा, सचिवमा पिटि शेर्पा भारत , कोषाध्याक्षमा नुर्बु शेर्पा भारत, सहकोषाध्याक्षमा दावा कर्मा शेर्पा अमेरिका चयन गरेका छन । त्यस्तै सदस्यहरुमा १९ देशहरुमा रहेका सवै किदुगका अध्यक्षहरु पदेन सदस्यको रुप चयन गरेका थिए । पहिलो दिनको कार्यक्रमपछि दोश्रो दिन विभिन्न मुलुकबाट अधिबेसनमा उपस्थितभएका प्रतिनिधिहरुलाई सिन्धुपाल्चोकको सिलाङकटी शेर्पा गाउको भ्रमण गराएका छन ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : ०७ बजे