५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

कोशीको मुख्यमन्त्रीमा कार्कीको सपथ, एमालेसहितको तीन सदस्यीय मन्त्रिपरिषद्



संघीय सरकारका प्रमुख प्रतिपक्षी दल एमालेको प्रदेश सांसदहरुको सहयोगा कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले एमालेलाई समेत समेटेर तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।

कांग्रेससहितको सत्ता गठबन्धनले माओवादीका सांसदलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका उम्मेदबारलाई समर्थन गरेपछि नेता शेखर कोइराला पक्षका कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री दावी गरेका थिए ।

मुख्यमन्त्रीमा सपथ लिनु अघि आइतबार बिहान कार्कीलले काठमाडौं आएर एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्तासमेत गरेका थिए । उनले सथप लगतै कांग्रेसकै शमशेर राई र एमालेका राम रानालाई समेटेर ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएका हुन् । एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेपछि माओवादीले भने सत्ता गठबन्धनमा समस्या नहुने उल्लेख गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेको समर्थनमा मुख्यमन्त्री छानिए पनि कोशी सरकार सत्ता गठबन्धनकै भएको दावी गरेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : ११ बजे