४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025



पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँले मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। आजै राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएसँगै मूल्य समायोजन गरिएको निगमले आइतबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यो सँगै अब काठमाडौंमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। निगमले छुट्याएको वर्ग अनुसार काठमाडौं तेस्रो वर्गमा पर्छ। सो वर्गमा दिपायल र पोखरा पनि समावेश छ । यहाँ डिजेलको मूल्य १६८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै,, पहिलो वर्गमा रहेको (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज) स्थानमा पेट्रोलको मूल्य १६९.५० र डिजेलको मूल्य १६५.५० कायम भएको छ ।

दोस्रो वर्गमा रहेको (सुर्खेत र दाङ) मा भने पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६७ कायम भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : २१ बजे