८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

नर्थक्यारोलिना दशैतिहार फुटबल कप विजेता बने नियो


Ang

२९ आश्विन २०८०, सोमबार  

814
Shares

नर्थक्यारोलिनाको रालि क्षेत्रमा बसोबास गदै आइरहेको खेलाडीहरु वीच दशैको अवसरमा हुदै आएको पाचौ दशैतिहार फुटबल कप प्रतियोगिता सम्पन्न भयो । विगत केही महिनादेखि विभिन्न समुह वीच हुदै आएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा रातो जर्सि( निओ) समुह विजय भएका छन । उनीहरुले हरियो जर्सि ( टोयोटा) समुहलाई २ को विरुद्ध ४ गोलले पराजित गरेका हुन ।

विजयी खेलाडीहरुलाई एपेक्सको मेयर ज्याक गील्बर्टले शिल्ड र पदक वितरण गरेका थिए । एपेक्समा हुदै आएको प्रतियोगितामा पहिलो पटक मेयर उपस्थित भएका हुन । यस पटक मेयरसंगै एपेक्सको काउन्सिलमेम्बर टेरि महाफी र आर्नो जेगेरम्यान समेत उपस्थित थिए । काउन्सिमेम्बरद्धायले उपविजेता समुहलाई पदक वितरण गरेका थिए । बाक्लो नेपालीको उस्थितिको वीच भएको प्रतियोगितामा आफु उपस्थित भएर खेलाडीहरुलाई हौसल्ला दिन पाउदा खुसी लागेको मेयर गील्बर्टले बताए ।

‘ तपाई हाम्रो यो शहरमा नेपालीहरुको यो एकतापुर्ण खेल कार्यक्रमले मलाई निकै खुसी तुल्यायो ‘ मेयर गील्बर्टले भने-‘ यस्तो राम्रो कार्यक्रममा आगामी बर्षको खेल प्रतियोगितामा हाम्रो तर्फबाट काउन्सिलमेम्बरहरु तपाईहरुको साथमा हुनेछ ‘ ।
१ सय ४० जना खेलाडीहरु सम्मिलित ६ समुहको वीच प्रतियोगिता भएको आयोजक समितिका सदस्य विकास सापकोटाले एभरेष्टटाइम्सलाई बताए । प्रतियोगितामा उत्कृष्ठ खेलाडी राजन रेग्मी र धेरै गोल गर्ने योगेश पराजुलि थिए । उनीहरुलाई पनि मेयर गील्बर्टले पदक वितरण गरेका थिए ।
‘ युवा खेलाडी साथीहरुको लगानसीलता, अनुशासनसंगै र सहयोगी हातहरुको कारण विगत झै यस पटक पनि सफलतापुर्वक प्रतियोगिता सम्पन्न भयो ‘ सापकोटाले बताए । उनीसंगै यस पटकको प्रतियोगिताको आयोजक समितिमा अनुप अर्याल, सुजित श्रेष्ठ, जीवन न्यौपाने र उत्तम निरौला खटिएका थिए । उनीहरुलाई हरेक टिमको क्याप्टेनहरुले खेलाडी सन्तुलनमा साथ दिएका थिए । प्रतियोगितामा एनआरएन एनसिसि एनसि च्याप्टर, ललित र्फम र इएनवाइटले आर्थिक सहयोग गरेकोमा आयोजक समितिले धन्यवाद दिएको जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १२ : ५१ बजे