१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

भारतमा सवारी दुर्घटना एकै नेपाली परिवारका पाँच जनाको मृत्यु



भारतमा सवारी दुर्घटनामा परी नेपालको सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ । भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार रहेका छन् । दुर्घटनामा परी रतनका भाइबुहारी सुस्मिता नेवारको पनि मृत्यु भएको छ।

बिहीबार उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिएको बताईएको छ ।

उनीहरू सिजनल रोजगारीका लागि भारत गएको बताईएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : ४३ बजे