२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

साढे ३ वर्षपछि मुस्ताङको कोराला नाका खुल्यो

मुस्ताङमा रहेको नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । कोभिड महामारी सुरु भएपछि २०७६ चैतमा उक्त नाका बन्द गरिएको थियो ।

नेपाली समयअनुसार सोमबार बिहान १० बजे र चिनियाँ समयअनुसार दिउँसोको पौने २ बजे नेपाल चीन नाका दुईतर्फी खुल्ला भएको हो ।

नाका रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्थलगायतलाई स्वागत गरेर चिनियाँ पक्षले नाका खुलेको औपचारिक घोषणा गरेको थियो । सो अवसरमा हर्ष बडाईं पनि गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारीसहित, गाउँपालिका अध्यक्ष र पास भएका केही स्थानीयहरु तीन वर्ष ७ महिनापछि कोरालानाकाबाट चीनतर्फ प्रवेश गरेर त्यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

यस अघि वर्षमा २ पटक पटके व्यवसायका लागि खुल्ने कोरला नाका अब १२ महिना नै खुल्ने गरी पुनः सञ्चालनमा ल्याइएको चिनियाँ पक्षले बताएका छन् । लामो समयपछि नाका खुलेको खुसियालीमा चिनियाँ पक्षले नेपालीहरुलाई एक लाख किलो खाद्यन्न सहयोग गरेका छन् । नाका खुल्ने अघिल्लो दिन आइतबार चिनियाँ पक्षले स्थानीय पालिकाका बासिन्दाका लागि भनेर नुन, चिया, पिठोलगातका खाद्यान्न सहयोगमा पठाएको थियो ।

१५ वटा ट्रकमा रहेको ती खाद्यान्न उच्च हिमाली भेगका स्थानीयको विशेष प्रकारको खानाका लागि प्रयोग हुने र यो सांस्कृतिक आदान प्रदानको रुपमा सांकेतिक सहयोगको रुपमा प्राप्त भएको पनि गाउँपालिकाले जनाएको छ ।

, चिनियाँले दिए नुन, चिया र पिठतीन वर्षपछि खुल्यो कोरला नाका

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ११ : २६ बजे