१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

एनसेल स्वीकार्यो शेयर खरिद-बिक्री, कागजात बुझाउने प्रतिबद्धता



नेपालको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले आफ्नो मातृ संस्था एजियटाको शेयर खरिदबिक्रीको पुष्टी गर्दै कागजात प्राप्त हुनसाथ दुरञ्चार प्राधिकरणमा बुझाउने जनाएको छ ।

प्राधिकरणले यसअघि सार्वजनिक रुपमा शेयर खरिद बिक्रीको जानकारी आएकोले यस सम्बन्धमा चासो राख्दै एनसेललाई पत्र पठाएको थियो ।

त्यसको प्रत्तिउत्तरमा एनसेलले मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै सेयर खरिदबिक्रीको कागजात संकलन गरिरहेको उल्लेख गरेको हो ।

पत्रमा एनसेललाई प्राप्त जानकारीअनुसार यस कम्पनीको सेयरधनी रेनल्ड होल्डिंग्स लिमिटेडको शतप्रतिशत सेयर खरिदबिक्री गर्ने सम्बन्धमा आजियटा यूके र स्पेक्ट्रलाइट लिमिटेडका बीच सेयर खरिदबिक्री सम्झौता भएको उल्लेख गर्दै द्विपक्षीय सम्झौता समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षबाट संकलनको क्रममा रहेको उल्लेख गरेको छ ।

उसले एनसेल आजियटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरुक र कटिबद्ध भएको पनि उल्लेख गरेको छ । साथै भनिएको छ, “तहाँको पत्रमा उल्लिखित नियम र विनियमावलीका प्रावधानका पूर्ण परिपालना गर्न सदाझैँ एनसेल आजियटा लिमिटेड प्रतिबद्ध रहेको व्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणअनुरुप पत्र प्राप्त मितिको सेयर खरिद विनियमावली २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजात संकलन गरी दूरसञ्चार नियमावली २०५४ को नियम १५ १ ट र दूरसञ्चार प्राधिकरणअनुरुप पत्र प्राप्त व्यक्तिको सेयर खरिद विनियमावली २०७६ को विनियम ४ क बमोजिम तहाँ प्राधिकरणसमक्ष सेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरा समेत सादर अवगत गराउन चाहन्छौँ ।”

प्राधिकरणले ८० प्रतिशत बैदेशिक लगानीबाट नेपालमा स्थापित एनसेलको शेयर खरिदबिक्री गर्नु अघि प्राधिकरणबाट स्वीकृति लिनु पर्ने उल्लेख गर्दै पत्र पठाएको थियो ।

त्यसअघि विभिन्न सञ्चार माध्यमहरुमा आजियटाको प्रेस बिज्ञप्तीको हावाला दिंदै एनसेलको ८० प्रतिशत शेयर आजियटा यूकेबाट स्पेक्ट्रलाइट लिमिटेडलाई बिक्री गरिएको समाचार आएइको थियो । नेपाली मूलकधा सिंगापुरमा व्यापार गर्ने सतिसलाल आचार्यले दुई महिना अघि यूकेमा खोलेको स्पेक्ट्रलाइट लिमिटेडले ६ अर्ब ६६ करोड रुपैयाँमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको उल्लेख गरिएको छ ।

यस खरिदबिक्री प्रकरणले नेपालमा भने माहोल तातिउको छ । एकतिर प्राधिकरणसँग स्वीकृति नलिइएको विषयमा चर्चा चुलिएको छ भने अर्कोतिर विदेशमै करोबार गरेर कर छलिको कोशिस भएको पनि उल्लेख गरिएको छ । त्यसैगरी एक खर्व ४० अर्बमा केही वर्षअघि मात्र आजियटाले किनेको कम्पनी करिब साढे ६ अर्वमा बिक्री गरिनुलाघ पनि शंकाले हेरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  १२ : ०१ बजे