१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

काठमाडौँमा ह्वात्तै चिसो बढ्यो



काठमाडौँ उपत्यकामा बिहीबारबाट चिसो ह्वात्तै बढेको महसुस भएको छ । मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा बुधबारको तुलनामा बिहीबार चिसो बढेको बताएका छन् ।

विभागका अनुसार बिहीबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौँ उपत्यकाको तापक्रम १५ डिग्री छ । यो बुधबारको भन्दा ५ डिग्री कम हो ।

बुधबार यही समय २० डिग्री थियो भने मंगलबार २२ डिग्री थियो । विभागका अनुसार काठमाडौँ उपत्यकामा हुस्सु पनि लागेको छ ।

बिभागले भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावले चिसो बढेको जनाएको छ । यसको प्रभाव पूर्वतिर अझ बढी रहेको बताइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ६ : ११ बजे