२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद गरिएको हो ।

सुन ल्याउन लगाउने मिन घलेलाई पनि प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको उनले बताए । विशेष सूचनाका आधारमा खटिएको विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गोरखाका चन्द्र घले सुन बोक्न प्रयोग भएका भरिया मात्र हुन् । उनलाई सुन ल्याउने भरियाका रुपमा मात्र केही अघि दूबई पठाइएको देखिएको छ । अस्कोटमा लुकाएर ल्याएका थिए

प्रहरीका अनुसार, घले गएराति ११:५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेका थिए । विशेष सूचनाको आधारमा भन्सारको टोलीले उनलाई अवतरण गर्ने वित्तिकै पक्राउ गरेको विमानस्थल स्रोतले बताएको छ ।

थप अनुसन्धान भन्सार कार्यालयले गरिरहेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले दुई दिनअघि मात्र तस्करीको सुन राखेको आशंकामा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको थियो ।

यसअघि ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।

यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ । समितिले यसअघि सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : ४१ बजे