अमेरिकाले नेपाल भ्रमण गर्न चाहने आफ्ना नागरिकलाई होसियारी बढाउन भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । राजनीतिक हिंसाको सम्भावनाका कारण यस्तो एड्भाइजरी जारी गरिएको बताइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले १८ डिसेम्बरमा नेपालका लागि लेभल टुको यू श्रेणीको ट्राभल एड्भाइजरी जारी गरेको हो । जुन राजनीतिक, आर्थिक, धार्मिकलगायत अशान्ति र अस्थिरता हुने मुलुकका लागि जारी गरिन्छ ।
‘शान्तिपूर्ण भनेर गरिएका राजनीतिक प्रदर्शनहरु कहिलेकाहीँ हिंसात्मक हुनसक्ने र सरकारी अधिकारीहरुले बलपूर्वक रोक्न सक्ने’ एड्भाइजरीमा उल्लेख छ ।
त्यसैले अमेरिकी नागरिकहरुलाई प्रदर्शन र भीडभाडबाट जोगिन भनेको छ । त्यस्तै, सरकारले एक्लै पैदल यात्रामा नजान भनेकाले स्थानीय गाइडसँग जान पनि सचेत गराइएको छ ।