३१ असार २०८१, आइतबार | Sun Jul 14 2024

पोलमा बाँधेर महिलामाथि तीन दिनसम्म निर्घात कुटपिट



सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि तीन दिनसम्म निर्घात कुटपिट भएको छ । कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी एक महिलालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट भएको हो ।

ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी पछि प्रहरी उद्दार गरेको र थापाकी पति सन्तोष थापालगायत ७ जनालाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार आइतबार अपराह्न साढे ४ बजे तिर घटनास्थलमा पुग्दा गाउँलेहरू भेला भइरहेको र शारदा भुइँमा लडेर बेहोस अबस्थामा भेटिएको थियो । उनलाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म लाठी, हात, खुट्टाले हिर्काएको भन्ने जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । शारदाको शरीरमा निलडामहरू रहेका छन् ।

शारदा श्रीमानसँग मनमुटाव भएपछि छोरासँग काठमाडौंमा बस्दै आएको र सम्बन्ध बिच्छेदको प्रकृयामा रहेको बताइएको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : ०१ बजे