कियाचु अमेरिकाले संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरस्थित शेर्पा किदुकको हलमा चासोक् तङनाम मनाएको छ ।
२३ डिसेम्बरमा आयोजित कार्यक्रमऔपचारिक एवं डिजे गरि दुई खण्डमा बाँडिएको थियो । पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका सचिव घनेन्द्र मावो र दोश्रो खण्ड संस्थाका पूर्व सचिव राम सोदेम्बाले सञ्चालन गरेका थिए ।
कियाचु अमेरिकाका वरिष्ठ उपाध्यक्ष सरोज थाङ्देन् अध्यक्षतामा सञ्चालित कार्यक्रममा अधिवक्ता तथा किरात याक्थुङ् चुम्लुङ् अमेरिका कानुनी सल्लाहकार दुर्गा सुब्बा मेन्यङ्बोको प्रमुख आतिथ्यता रहेका थिए भने कियाचु अमेरिकाका संस्थापक अध्यक्ष श्याम मेन्याङ्बो विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । कियाचु अमेरिकाका तुम्यहाङहरु मदन सम्बहाम्फे,केशर माङ्देन,प्रेम मेन्यङ्बो(तुम्भक्सा),पुस्पलता थाम्सुहाङ्,बिमला पोमु र शिभ लाबुङको पनि उपस्थित थिए ।
याक्थुङ लिम्बुका सन्तानका रुपमा जन्म लिई आआफ्नो विशिष्ट कर्म, त्याग, त्याग, तपस्या, बलिदान र योगदानले नेपालको राष्ट्रिय विभुतिको रुपमा रहेका विभुतिहरुको तस्विरमा माल्यार्पण र चासोक् पुजागरी शुरु भएको कार्यक्रममा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानको प्रस्तुति गरिएको थियो । त्यसपछि संस्थाका उपाध्यक्ष विवश माङ्मुले अतिथि तथा सहभागीहरुलाई स्वागत मन्तव्य गरेका थिए ।
कियाचु अमेरिकाका सदस्य सजना एभेङको संयोजकत्वमा कियाचु अमेरिकाका बालबालिकाहरुलाई सहभागी गरएर पहिलोपल्ट याक्थुङ् बिभुतीहरुको बारेमा जानकारी दिने हेतुले चित्रकला अभ्यास गराइएको थियो । विभिन्न तह, तप्का र भूमिकामा रही तन मन बचन र कर्मले विशिष्ट सहयोग पुर्याउनेहरु पुस्पलता थाम्सुहाङ्, सरस्वती कन्दङ्वा, सजना एभेङ्, ममता सुब्बा लाबुङ्, पूर्ण खिम्दिङ् र सजना योङहाङ लिम्बुलाई वहाँहरुले संस्थाको विकासका लागि पुर्याएको योगदानको कदर स्वरुप प्रमुख अतिथि, विशिष्ट अतिथिहरु मार्फत दोसल्लाका साथ सम्मान पत्र प्रदान गरि अभिनन्दन गरिएको थियो ।
चासोक् तङनामको पहिलो खण्डको औपचारिक कार्यक्रम संस्थाका उपाध्यक्ष सरोज थाङ्देन्, चासोक् तङनाम सम्पन्न गर्न विभिन्न भुमिकामा रहेर सहयोग गर्ने सम्पुर्ण पदाधिकारीहरु, प्रायोजकहरु, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु, क्यामेराम्यानहरु, संचारकर्मीहरु, खाना उपलध गराईदिने गोर्खाली रेस्टुरेन्टप्रति आभार, कृज्ञता एवं धन्यवाद व्यक्त गर्दै समापन गरिएको थियो ।
चासोक् तङनामको दोश्रो खण्डको कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं किरात याक्थुङ चुम्लुङ नेपालका भुतपुर्व केन्द्रीय महासचिव तथा कियाचु अमेरिकाका पुर्व सल्लाहकार लिला सिंघकको नेतृत्व र संस्थाका रुपा याक्खा, सन्ध्या कन्दङवा, शिव लाबुङ, प्रेम मेन्याङबो,धन योङ्हाङ्, पुस्पलता थाम्सुहाङ् र सुबास चोङ्बाङ् र सरस्वती कन्दङ्वाहरुको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच), यालाङ (धान नाच) र हाक्पारे ,रैथाने ख्याली प्रस्तुत गरिएको थियो ।
चित्रकला प्रदर्शनीमा सहभागी भएका बालबलिकाहरु निङवा चेम्जोङ् , प्राची लिम्बु बिसुङ्खे, सेलिना ओख्राबो ,लावोट लिङ्देन्, साक्निम इङ्नाम र डिन दुरेन लिम्बुलाई संस्थाका उपाध्यक्ष सरोज थाङ्देनबाट प्रमाणपत्र वितरण गरिएको थियो भने ममता सुब्बा लाबुङ, भिमा देवान, गायिका लिला सिङ्गक, प्राची बिसुङ्खे लिम्बु , (ग्रुप ब्यान्ड रेमोस अधिकारी आयुश खत्री र नामहाङ् लिबाङ् ) राम सोदेम्बा र बिरेन्द्रहाङ लाबुङलगायतले नृत्य एवं गायन प्रस्तुत गरी उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।