मेलम्चीको पानी चौँथोपटक सोमबार बिहान काठमाडौंका उपभोक्ताको धारमा आउने भएको छ । वर्खामा मुहानमै बन्दा गरिएको मेलम्चीको पानी २६ किलोमिटर लामो सुरुङ मार्फत काठमाडौं पठाइएको छ, जुन सोमबार उपभोक्ताको धारामा आएने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित आफ्नै कार्यालय परिसरको धारा खालेर सोमबार सात महिनादेखि रोकिएको खानेपानी बितरणको पाँचौँ पटक शुभारम्भ गर्नेछन् । खानेपानी मन्त्रालयका अनुसार उपभोक्ताको धारामा बिहानै पानी पठाए पनि ९ बजे प्रधानमन्त्री दाहालले वितरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको हो ।
यसरी राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरुले वर्षैपिच्छे मेलम्चीको पानीको यउद्घाटन गर्दै आएका छन् । मुहान क्षेत्रमा बाढीपहिरोका कारण ६५ अर्बभन्दा बढी खर्च भइसकेको मेलम्ची आयोजनाको भविष्य अझै अनिश्चित रहेको छ ।
तीन वर्ष अघि नै वितरण सुरु भएको मेलम्चीको पानी वितरण बाढी पहिरोका कारण पटक पटक अबरुद्ध हुँदै आएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले ०७७ को फागुन २२ मा सुन्दरीजलस्थित ट्रिटमेन्ट प्लान्टको फ्लसिङ टनेलको हाइड्रोमेकानिकलको बटम थिचेर पानी खसालेका थिए । त्यसको एक महिनापछि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डमा बनाएको धारामा पानी खोलेर उद्घाटन गरेकी थिइन् ।