३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

सरकारद्वारा चार निकायमा चार जनाको नियुक्ति



सरकारले बुधबार विभिन्न तीन निकायमा नेतृत्व नियुक्तिको निर्णय लिएको छ । मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको महाप्रबन्धकमा रुकुमको सानी किरणबाबु पुनलाई नियुक्त गरेको छ भने गंगलाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरिएको छ । मल्ल यसअघि गत पुस ११ गते निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएका थिए । सरकारले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको छ ।

बुधबारकै क्याबिनेटले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार मन्त्री रेशा शर्माले बताइन्।

त्यसैगरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत दिने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ५९ बजे