१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

सिके राउतको जनमत पार्टी मधेस सरकारबाट बाहिरियो



सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी जनतमले आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ ।

जनमत पार्टीको मधेस सरकारमा शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो ।

सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव बाहिर आएको थियो । मधेस प्रदेशको मुख्यमन्त्री जसपाका सरोजकुमार यादव छन् । आइतबारमधेश प्रदेश सरकारका मुख्यमन्त्री यादव र जसपाका अध्यक्ष उपेन्द्र यादवले विश्वविद्यालयको भवन शिलान्यास गरेका थिए । त्यसको विरोधमा उत्रिएका जनमतका मन्त्री यादवको टाउको समेत फटेको थियो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ६ : १२ बजे