१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

न्यू ह्याम्पशायरको प्राइमरीमा ट्रम्प विजयी



अमेरिकाको राष्ट्रपति दौडमा रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू ह्याम्पशायरमा प्राइमरी जितेका छन् । मंगलबार भएको प्राइमरीमा उनले साउथ क्यारोलिनाका पूर्व गभर्नर निकी हालेलाई पराजित गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले १ लाख ३९ हजार ४४६ भोट ल्याउँदा हालेले १ लाख १२ हजार ७७३ मत ल्याए ।

ह्याम्पशायरमा पराजित भएपनि हालेले प्रतिस्पर्धाबाट नबाहिरिने बताएकी छन् । बरू फेब्रुअरी २४ मा उनकै राज्य साउथ क्यारोलिनामा हुने प्राइमरीको तयारी तीव्र पार्ने बताएकी छन् ।

प्राइमरी भनेको आफ्नै पार्टीका सदस्यहरुद्वारा पार्टीको उम्मेदवार छान्नका लागि गरिने मतदान हो । यो ट्रम्प आबद्ध रिपब्लिकन पार्टीको प्राइमरी हो । हाले र ट्रम्प दुवै जना रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका आकांक्षी हुन् । प्राइमरी सबै रान्यहरुमा हुन्छ । प्राइमरीमा विजयी उम्मेदवार नै पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ११ : ५६ बजे