प्रधानमन्त्री पुष्पकमल दाहालले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
२०५८ जेठ १९ मा तत्कालिन राजा विरेन्द्रकव बंश नास हुने गरी भएको हत्याकाण्डलाई लरबार हत्याकाण्ड भनिन्छ । उक्त हत्याकाण्डमा तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रको हात रहेको आरोपसमेत लगाइएको थियो ।
त्यसै आरोपलाई लक्षित गरी पूर्व राजा ज्ञानेन्द्रले हालै तराईको एक कार्यक्रममा उक्त हत्याकाण्डमा सम्बन्धमा षडयन्त्रपूर्वक नेपाली जनतालाई भ्रमित बनाएको अभिव्यक्ति दिएका थिए ।
यही सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री दाहालले उक्त हत्याकाण्डका बारेमा अनुसन्धान हुने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।