अमेरिकी ग्रिनकार्ड (स्थायी बसोबास अनुमति) लिएको उजुरी परेपछि समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन् । उनले सासु उमा रेग्मी समाज कल्याण मन्त्री भउको बेला कानुन विपरित नियुक्ति पाएकी हुन् ।
उपाध्यक्ष मोनिकाले ग्रिनकार्ड लिएको भन्दै भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग र मन्त्रालयमा उजुरी परेको थियो । उजुरी परेपछि उनले राजीनामा दिएकी हुन् । उनको राजीनामा स्वीकृत भइसकेको बताइएको छ ।
नेपालको कानुन अनुसार मन्त्रीले आफ्नो एकै परिवारको सदस्य र अन्य देशको स्थायी वसोबास अनुमति पाएको व्यक्तिलाई नियुक्ति दिन मिल्दैन । नयुक्तिकै बेला यि विषय उठेको भएपनि मन्त्री रेग्मीले वेवास्ता गर्दै आफ्नै बुहारी त्यो पनि अमेरिकी ग्रिद्दकार्ड भएको व्यक्तिलाई नियुक्ति दिएकी थिइन् ।