१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

नेपाल भ्रष्टाचार सुचांकमा एक अंकको सुधार, व्यापक भ्रष्टाचार हुने देशको सूचीमा यथावत



नेपालले यो वर्ष भ्रष्टाचार हुने देशहरूको सूचीमा एक अंकले प्रगति गरेको छ । यद्यपी व्यापक भ्रष्टाचार हुने देशहरु मध्येमा नै रहेका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपाल व्यापक भ्रष्टाचार हुने देशभित्रै परेको हो ।

नेपालले गत वर्ष ३४ अंक पाएको अवस्थामा यो वर्ष ३५ अंकसहित केही सुधार गरेको हो । त्यहीकारण नेपाल सुशासनको सवालमा तय गरिएको वरीयतामा दुई स्थान माथि उक्लिएको छ ।
गत वर्ष नेपाल ११० औँ स्थानमा थियो। तर यस वर्ष १ अंक सुधार गरेकाले १०८ औँ वरीयतामा रहन सफल भएको हो।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपाल ५० भन्दा कम अंक ल्याएर सुशासन कायम गर्न असफल रहेका देशहरूमै परेको छ ।

नेपाल अझ ३५ अंकमात्रै ल्याउँदै गम्भीर भ्रष्टाचारको समस्यामा झेलिरहेका देशहरूको सूचीमा परेको छ ।

नेपालको झिनो सुधार देखिँदा छिमेकी भुटान दक्षिण एसियाको कम भ्रष्टाचार हुने मुलुक बनेको छ । भुटानले ६८ अंक पाएको छ । अहिलेको सूचीमा भुटान २६ औँ स्थानमा परेको छ । यो क्षेत्रमा अफगानिस्तानमा सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विश्वका १८० देशहरूलाई समेटेर यो प्रतिवेदन तयार गरेको हो । उक्त संस्थाका अनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देश बनेको छ । सोमालिया सबैभन्दा कम अर्थात ११ अंकसहित सबैभन्दा बढी भ्रष्टाचार हुने देश बनेको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ४ : ५३ बजे