१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

नेपालको पर्वतीय खेलकुदको विकासको लागी अल्पाइन स्पोटर्स संघ गठन ।


Ang

१९ माघ २०८०, शुक्रबार  

130
Shares


अल्पाइन स्पोटस संघको नेपालको शाहसिक पर्वतीय खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्धन गर्ने उदेश्यले पर्वतीय खेलकुद संघ अल्पाइन स्पोर्टस एसोसिएसन नर्थ अमेरिका नेपाल गठन भएको छ । उक्त संघमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड तथा पर्वतारोहण प्रशिक्षक ङवाङ निमा शेर्पाको अध्यक्षतामा अमेरिकाको न्युयोर्कमा गठन भएको छ । संस्थाले शाहसीक पर्वतीय खेलकुदमा नेपालीमूलका अमेरिकनलाई ओलम्पिकसम्म पुर्याउने लक्ष्य राखेको छ ।


उक्त संस्थाको उपाध्यक्षमा समाजसेवी तथा गाईड पेमा शेर्पा, महासचिवमा पर्वतीय खेलकुद क्षेत्रका सञ्चारकर्मि सन्जोग आचार्य, सचिवमा सगरमाथा आरोही मिङमाटी शेर्पा र कोषाध्यक्षमा पर्वतारोहण प्रशिक्षक गेल्बु शेर्पा चयन गरेका छन । त्यसैगरी, सदस्यहरुमा विश्व कीर्तिमानी आरोही छुरीम शेर्पा, सगरमाथा आरोही तासी शेर्पा सगरमाथा आरोही सोनाम शेर्पा, हिमाली खानाका व्यवसायी सुरेश बस्नेत, क्यानडा निवासी आरोही डेन्डी शेर्पा, सगरमाथा आरोही उषा विष्ट, सगरमाथा आरोही अन्तराष्ट्रिय माउण्टेन गाइड निमा तासी शेर्पा , एथलेटिक्स खेलाडी सोनाम शेर्पा र होटल व्यवसायी विक्रम अधिकारी रहेका छन ।
न्यूयोर्कका व्यवसायी तथा समाजसेवी गेल्जेन नुरु शेर्पा संरक्षक रहेको यो सस्थामा शेर्पा किदुगका अध्यक्ष तथा समाजसेवी तेम्बा शेर्पा, होटल व्यवसायी रोशन बालान, कोलाराडोका सफल व्यवसायी तथा समाजसेवि पाइलट पेम्बा शेर्पा र मिचिगन निवासी विश्व कीर्तिमानी आरोही पेमदोर्जी शेर्पा सल्लाहकारको रुपमा रहेको छ । पर्वतीय खेललाई बिस्तार गर्ने उदेश्यले स्थापना भएको संस्थालाई नेपाल ओलम्पिक कमिटी, खेलकुद मन्त्रालय, सगरमाथा आरोही संघ, नेपाल क्लामिड स्पोर्टस एसोसियसन लगायताका सम्बन्धित संघले सहकार्य र समर्थनको प्रतिबद्धता जनाएका छन । स्की, वाल क्लाइम्बिङ, माउण्टेन बाइक, प्याराग्लाइडिड, रक क्लाइमिडलगायत पर्वतीय खेलकुद गतिविधिहरुमा भाग लिने दिने तथा राष्टिय अन्तराष्ट्रिय खेलाडीलाई सहभागिताको लागि प्रोत्साहन गर्ने उदेश्य यो संस्थाले राखेको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : ४० बजे