४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको अध्यक्षमा तोरण गुरुङ


Ang

१९ माघ २०८०, शुक्रबार  

4
Shares

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिपनाको हालै सम्पन्न नवौ महाधिबेसनले तोरण बहादुर गुरुङको अध्यक्षमा नया कार्यसमिति चयन गरेको छ । न्युयोर्कको क्वीन्सस्थित उडसाइडस्थित धर्म हाउसमा आइतबार सम्पन्न महाधिवेशनले निर्विरोध निर्वाचित तोरण बहादुर गुरुङ द गुरुङ तमु सोसाइटीका युएसएका निवर्तमान अध्यक्ष हुन । महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा तुलबहादुर तामाङ, महिला उपाध्यक्षमा ममता राई, क्षेत्रिय उपाध्यक्षमा रामकृष्ण महर्जन तथा महासचिवमा दिपक चौधरीलाई सर्बसम्मत चयन गरेको थियो ।

यसैगरि, कार्यसमितिको सदस्यहरुमा शान्ति गुरुङ, तिर्थराज लामा र दावा साङ्बु ढोक्प्यालाई सर्बसम्मत चयन गरेका छन । फिप्नाले हाल खाली रहेको कार्यसमितिको कोषाध्यक्ष, दुईवटा सचिव, सह कोषाध्यक्ष र एक महिला सहित दुई जना कार्यसमिति सदस्य पछि मनोनयन गर्ने जनाएको छ । फिप्नाको सभामुखमा भारती राई र उपसभामुखमा चम्पाकुमारी तामाङ सर्बसम्मत चयन भएका छन्। । नवनिर्वाचित सभामुख राई किरात राई सोसाइटी अफ अमेरिकाकी केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत हुन । उपसभामुख तामाङ फिप्नाको सचिवमा कार्यरत थिइन ।

नव निर्वाचित अध्यक्ष गुरुङले आदिवासी जनजातिको अधिकार स्थापित गर्नका लागि नेपाल सरकारसाग सहकार्य गर्ने, विभिन्न संघसंस्थाहरुसाग सहकार्य गर्नका लागि नेटवर्क सञ्जाल विस्तार गर्ने, नेपाललाई चिनाउनका लागि नेपाल डे परेड र नेपाली मेला गर्ने भन्ने बारेमा सबै सदस्य संस्थाहरुसाग सहकार्य गरेर अघि बढ्ने बताए । अध्यक्ष गुरुङले फिप्नालाई अझ बलियो बनाउन र आर्र्थि सवलीकरणका लागि फन्डरेजिङ कार्यक्रम गर्ने, साथै स्थानिय सरकारसाग पनि सम्बन्ध विस्तार गर्दै सहकार्य गर्न प्रतिवद्दता व्यक्त गरेका छन ।

त्यस्तै नव निर्वाचित महासचिव चौधरी थारु एष्ड फे्रन्ड्स एशोसिएसनका उपाध्यक्ष तथा फिप्नाका निवर्तमान सहकोषाध्यक्ष हुन । महाधिवेसनले महासचिवको प्रतिवेदन, अध्यक्षको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्र्थि प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । फिप्नाको नवौं अधिवेसन सम्पन्न गर्नका लागि फिप्नाका सल्लाहकार नविन शेरचनको नेतृत्वमा विष्णु राणामगर तथा कृष्णा महर्जन सदस्य रहेका थिए । निर्वाचित कार्यसमितिलाई निर्वाचन प्रमूख नविन शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

फिप्नाका निर्वतमान अध्यक्ष राजकुमार विष्टले नवौं अधिवेसन सहमति र सहकार्यमा भएको बताउदै ऐतिहासिक रहेको बताए । विष्ट हिमाली भेगलाई प्रतिनिधत्व गर्दै फिप्नामा अध्यक्ष भएका थिए । निवर्तमान अध्यक्ष विष्टले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । फिप्नामा १७ वटा जातिय संस्थाहरु आवद्ध छन ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : ५८ बजे