४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

परिवारका तीन जनाको हत्यापछि आत्महत्या गरेको आशंका



काठमाडौँको सीतापाइलामा एक पुरुषले परिवारका तीन जनाको हत्या गरी आफुले आत्महत्या गरेको आशंका गरिएको छ । ज्यान गुमाएका चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

सीतापाइलामा डेरा गरेर बस्ने राजु घिमिरे भनिने काजी विकले पत्नी, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका आशंका छ । काजीको रुखमा झुण्डिएको अबस्थामा फेला पारेको थियो ।

सोलुखुम्बुको दूधकोसी गाउँपालिका घर भई नागार्जुन नगरपालिका- ६ सीतापाइलास्थित भैरबटोलमा डेरा गरी बस्दै आएका बिकले आफन्तको ज्यान लिएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

५१ वर्षीय बिकको शव सीतापाइलास्थित डेराभन्दा माथि डाँडाको रुखमा झुण्डिएको अवस्थामा बुधबार दिउँसो फेला परेको थियो ।

प्रहरीका अनुसार सीतापाइलामा डेरा गरी बस्दै आएकी ३९ वर्षीया प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी (छोराकी छोरी) शिवानी श्रेष्ठको शवज बुधबार बिहान कोठामा फेला परेको थियो ।

ती महिलाका पति राजु घिमिरे भनिने काजी बिकको पनि शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । घटनास्थलबाट प्रहरीले हम्मर र कैँची बरामद गरेको छ । हत्याको कारण पारिवारिक झगडा भएको प्रहरीको आशंका छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ४४ बजे