४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

रेखा थापाले अमेरिकामा जन्माइन् छोरी, नाम राखिन् वैभवी राज्यलक्ष्मी शाही ठकुरी



चर्चित अभिनेत्री रेखा थापाले अमेरिकामा छोरीलाई जन्म दिएकी छन् । उनी केही महिनाअघि छोरी जन्माउनकै लागि अमेरिका गएकी थिइन् ।

उनले आफ्नो पहिलो सन्तानका रुपमा छोरीको जन्म भएको जानकारी सामाजिक सञ्जालमा दिएकी छन् । साथै उनले छोरीलाई वैभवी राज्यलक्ष्मी शाही ठकुरी भनेर चिनाएकी छन् ।

उनले छोरी जन्मेको जानकारी दिँदै उनी जन्मिनुको कारण महान् रहेको बताएकी छन् । ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ’, उनले भनेकी छन्, ‘हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ ।

उनले छोरी र पतिसहितको तस्बिर फेसबुकमा सेयर गरेकी छन् ।

उनी राप्रपाकी नेतृसमेत हुन् । केही समयअघि राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले रेखा छोरी जन्माउन अमेरिका गएको प्रसंग उठापछि उनी राजेन्द्रप्रति खनिएकी थिइन् । उनले भने की थिइन् यत्रो चिन्ता भए छोरीलाई फर्काउनु नी । राजेन्द्रकी छोरी पनि अमेरिकामै अध्ययन गरिरहेकी छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : ०४ बजे