२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

राष्ट्रपतिको उम्मेदवार बन्न होडमा ट्रम्प एक कदम अघि 



रिपब्लिकन पार्टीबाट अमेरिकी रचष्ट्रपतिको उम्मेदवार बन्ने सन्दर्भमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प एक कमद अघि देखिएका छन् । उनले साउथ क्यारोलिनाको प्राइमरीमा पनि प्रतिद्वन्द्वी निक्की हेलीलाई हराएपछि थप एक कदम अगाडी देखिएका हुन् ।

यसअघि उनले चार वटा राज्यको प्राइमरीमा जीत हात पारिसेको छ । साउ क्यारोलिन प्रतिद्वन्द्वी निक्की हेली गभर्नर भइसकेको राज्य भएकोले पनि यसको महत्व बढी रहेको छ । 0

रिपब्लिकनको तर्फबाट ट्रम्पसँग प्राइमरीका प्रतिस्पर्धी निक्की हेली अन्तिम आकांक्षी हुन् । बाँकीले यसअघि नै प्रतिस्पर्धा छाडि सकेका छन् । हेलीले भने अझै प्रतस्पर्धा जारी राख्ने जनाएकी छन् । 

अमेरिकी सञ्चार माध्यमहरुले हेलीको पकड भएको विश्वास गरिएको साउद क्यारोलिनामा पन हेलीलाई भन्दा ट्रम्पलाई सबै तप्कबाट बढी मत आएको उल्लेख गरेका छन् । 

अघिल्लो चुनावमा निर्वाचनमा अनियमितता गरेको आरोप खेपि रहेका ट्रम्पलाई रिपब्लिकन पार्टीको तर्फबाट यसपटक पनि राम्रो मर्थन प्राप्त भइरहेको छ । 

डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति जो बाइडेन उम्मेदवार हुने पक्का जस्तै भएकाले ट्रम्पले प्राइमरी जितेको खण्डमा यि दुईकै प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि को चुनावमा राष्ट्रपति रहेका ट्रम्पलाई हराएर बाइडेन राष्ट्रपति बनेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : ०१ बजे