१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

भजनशिरोमणि आचार्यको निधन




भजनशिरोमणिको उपाधी पाएका गायक, संगीतकार भक्तराज आचार्यको सोमबार निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको हो । घरमै रहेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको बताईएको छ ।
अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको मृत्यु भएको हो । दसैंताका घरमै लड्ेको र त्यसपछि आराम गरिरहेको पारिवारिक स्रोतले जनीएको छ । समयमै अस्पताल पुर्‍याए पनि चिकित्सकले ‘ब्रट डेड’ घोषणा गरेको बताईएको छ ।
०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको स्वर र सुर हराएको थियो । उनले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाएका छन् ।
आचार्यको पार्थिव शरीर अस्पतालमै राखिने र मंगलबार श्रद्धाञ्जली कार्यक्रम राखिने बताईएको छ । आचार्यका श्रीमती, दुई छोरा-बुहारी र दुई नाति छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ११ बजे