१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

कोसी प्रदेशको नामकरणविरुद्ध राजधानीमा प्रदर्शन



कोसी प्रदेशको नामकरणविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ । कोसी नामकरण गरेको एक वर्ष पुगेको दिन बिहीबार उक्त दिनलाई कालो दिनको संज्ञा दिंदै पहिचान पक्षधरले राजधानी काठमाडौंमा कालो ब्यानरसहित प्रदर्शन गरेको हो ।

पहिचानवादीहरूले काठमाडौंको तीनकुनेमा ‘नो कोसी’ भन्दै कालो ब्यानरसहित प्रदर्शन गरेका थिए । एक वर्षअघि तत्कालीन प्रदेश १ को नाम कोश प्रदेश राखिएपछि पहिचानवादीहरुले आन्दोलन गर्दै आएको छ ।

पहिचान पनि समेटिने गरी नाम राखिनु पर्ने माग सहित भएको आन्दोलनका क्रममा एक जनाले ज्यान गुमाइ सकेका छन् भने र्जनौं घाइते छन् ।

आन्दोलनरत संयुक्त संघर्ष समिति र कोशी प्रदेश सरकारका प्रतिनिधिबीच केही दिन अघि बार्ता समेत भएको थियो । बार्तामा पुन:नमांकरणको लागि राजनीतिक माहोल बनाउने लगायतका सहमति भए पनि ठोस उपलब्धी प्राप्त भएको छैन ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ७ : ५७ बजे