संसद भवन परिसरमा प्रवेश गरि नारावाजी गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरुलाई रिहा गरिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको हो । देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरु १४ फागुनमा संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए ।
प्रहरीले ४८ महिला र एक पुरुषलाई पक्राउ गरेको थियो भने स्थानीय प्रशासनले शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
उनीहरुले संसद भवन परिसरमा प्रवेश गरेर नारावाजी गरेपछि सुरक्षा व्यवस्था कायम गर्न नसकेको भन्दृ इन्सपेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको थियो ।