सामाजिक सन्जाल एक्सका सबै प्रयोगकर्ताले अडियो तथा भिडियो कल गर्न पाउने भएका छन् । यसका प्रमुख कार्यकारी एलन मस्कले एक्स (साविक ट्वीटर) का सबै प्रयोगकर्ताले अडियो तथा भिडियो कल गर्न पाउने बताएका छन् ।
यसअघि ब्लु टिक सशुल्क प्रयोगकर्ताका लागि मात्र सिमित भएकोमा अब आम एक्स प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।
एक्स प्लाटफर्म इन्जिनियर इनरिक ब्यारागनले भनेका छन्, ‘हामीले गैर प्रिमियम प्रयोगकर्ताका लागि यसको सुरुवात गर्न गईरहेका छौँ । यसको अनुभव गर्नुहोस् । अब यसको सहयोगबाट प्रयोगकर्ताले जो कसैलाई पनि कल आदि गर्न सक्नेछन् । यदि तपाइँकोमा यो फिचर अहिलेसम्म पुगेको छैन भने एक्स एप अपडेट गर्नुहोस् । त्यसो गर्दा पनि आएन भने केही समय पर्खिनुहोस् ।’
एक्समा गतवर्ष अडियो तथा भिडियो कलिंग फिचर सुरु भएको थियो । पहिलो चरणमा आइओएस प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराइएकोमा यहीँ वर्षको सुरुवातमा एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि जारी गरिएको थियो ।