१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

नयाँ गठबन्धनलाई २०८४ सालसम्मै लैजान्छौं ओलीो दावी



एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धनलाई २०८४ सालसम्म लैजाने दावी गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेृत्वमा सरकारमा सहभागी भएपछि पहिलो पटक बसेको केन्द्रीय सचिवालय बैठकमा ओलीले कांग्रेससहितका गठबन्धन केही समय अघिदेखि नै टुटाउने प्रयास सफल भएको उल्लेख गर्दै नयाँ गठबन्धनलाई आगामी चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको उल्लेख गरेका हुन् ।

‘गठबन्धन सरकारलाई चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको छ । हामी सरकारमा मन्त्रालय लिन उदार भएर सहभागी भएका छौं,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हामीले गठबन्धन भत्काउन प्रयास गरिरहेका बेला कांग्रेससित प्रधानमन्त्री प्रचण्डको दूरी बढ्यो । त्यसपछि हामी नयाँ गठबन्धन बनाउन सफल भयौ । हामी मुलुकलाई स्थायित्व दिने अघि बढनुपर्छ ।’

हाल दाहालको नेतृत्वमा सरकारमा गएको उल्लेख गर्दै एमालेले सरकारको नेतृत्व गर्नेबारे मौन रहे । एमाले, माओवादीका नेताहरुले दुई पार्टीबीच नयाँ समीकरण बनेदेखि सरकारको नेतृत्व आधाआधा कार्यकाल गर्ने समझादरी भएको बताएका छन् तर त्यो समझदारी लिखित रुपमा आएको छैन भने ओली र दाहालले सार्वजनिक रुपमा बोलेका छैनन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १० : ३० बजे